वाग्मती प्रदेश सरकारले गौतम बुद्ध क्रिकेट मैदान निर्माणका लागि तीन करोड दिने

इन्भेष्टोपेपर ।  असाैज ०१, २०७७

बाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिनुभएकाे हो ।

कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि यस क्रिकेट मैदान निर्माणकाे काम निरन्तर भैरहेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *