उद्धव र बबिनाको स्वरमा ‘तिम्रै माया लाग्छ’ बाेलकाे गीत सार्वजनिक (भिडियाेसहित)
इन्भेष्टाेपेपर । मङ्सिर २९, २०७७
गायक उद्धव विश्वकर्मा र गायिका बबिना किराँतीको स्वरमा ‘तिम्रै माया लाग्छ’ नामक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
यस सुमधुर गीतमा गायक विश्वकर्माकै शब्द तथा संगीत रहेकाे छ । रोजगारीको लागि विदेश जानुपर्ने धेरैजसाे नेपालीहरुको वाध्यताको कथा तथा बिछाेडकाे पिडा म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोमा मोडलद्धय विनय गदाल र गरिमा शर्माले अभिनय गरेका छन् । भिडियोमा साहुजीकाे भूमिकामा रामचन्द्र अधिकारी र हरि शरण रसाइलीको पनि अभिनय छ ।
अजय रेग्मीको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन, शिव वीकको कोरियोग्राफी तथा निर्देशन छ ।
