भ्रमपूर्ण समाचारप्रति आपत्ती, मुल नेतृत्वमै रहेकाले भ्रममा नपर्न सबैमा आग्रह – माननीय विष्णु शर्मा

इन्भेष्टाेपेपर । फागुन २५, २०७७

काठमाडाैँ ।  प्रतिनिधि सभा सदस्य विष्णु शर्माले आफ्नो चरित्र हत्या गर्ने गरी विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएकोप्रति आपत्ती प्रकट गर्नुभएको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य शर्माले आफूले पार्टीको मूल नेतृत्व छाडेको भन्ने प्रकाशित समाचारप्रति आपत्ती प्रकट गर्नुभएको हो । आफू पार्टीको मुल नेतृत्वमै रहेकाले भ्रममा नपर्न सबैमा आग्रह गर्दै शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ म सम्मानीय प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको मुल नेतृत्वमै छु । मलाई नसोधी केही अनलाइन मिडियाहरुले मेरो चरित्र हत्या गरेकोमा मेरो ध्यानाकर्षण भएको छ । म लामो समयदेखि नै सम्माननीय प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको पार्टीमै रहेकी छु, रहने नै छु ।’

पार्टी अध्यक्ष एवं सम्मानीय प्रधानमन्त्री ओलीलाई कारबाही गरेपछि उत्पन्न नयाँ परिस्थितिमा आफू उहाँले नेतृत्व गरेको पार्टीको केन्द्रीय सदस्य समेत रहेको स्मरण गराउँदै शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्नो नाममा केही नेताहरुले राजनीति गर्दै सञ्चारमाध्यमको आडमा आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको जनाइएको छ । अदालतको पछिल्लो निर्णयले आफू अत्यन्तै उत्साहित भएको भन्दै प्रतिनिधि सभा सदस्य शर्माले बताउनुभएको छ । ‘ सूर्य चिन्ह र नेकपा एमालेको मूल नेतृत्वमा रहेर काम गर्ने जानकारी यसै विज्ञप्तिमार्फत् गराउन चाहन्छु’ उहाँले भन्नु भएको छ । 

‘पार्टी अध्यक्ष एवं सम्मानीय प्रधानमन्त्री ओलीलाई कारबाही गरेपछि उत्पन्न नयाँ परिस्थितिमा म उहाँले नेतृत्व गरेको पार्टीको केन्द्रीय सदस्यमा रहेर काम गरेको सबैलाई जगजाहेरै छ । मेरो नाममा केही नेताहरुले राजनीति गर्दै सञ्चारमाध्यमको आडमा मेरो चरित्र हत्या गर्ने प्रयास गरेको पाइयो, जसले मलाई अत्यन्तै दुखित तुल्याएको छ । अदालतको पछिल्लो निर्णयले म अत्यन्तै उत्साहित भएको छु । सूर्य चिन्ह र नेकपा एमालेको मूल नेतृत्वमा रहेर काम गर्ने जानकारी यसै विज्ञप्तिमार्फत् गराउन चाहन्छु’   विज्ञप्तिमा उल्लेख छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *