अमेरिका लोकतान्त्रिक मूल्य मान्यतामा अडीग रहने
इन्भेष्टोपेपर । चैत्र ०२, २०७७
वासिंटन डीसी। चीनले अल्पसंख्यक उईघुर जातिमाथि दमन र हङकङको स्वतन्त्रतामा दमन गरीरहेको बेला अमेरिका लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहने बताएको छ । चीनले सिन्जियाङ, तिब्बत र हङकङको स्वतन्त्रतामाथि दमन गरिरहेको बेला अमेरिका लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा काम गर्ने अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले बताएका हुन्।
चीनको सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उईघुरमाथि सरकारको दमनको आलोचना गर्दै अमेरिका लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहने प्राइसले बताए। अमेरिकाले शक्तिको हिसाबले चीनलाई प्रतिष्पर्धाी मान्ने पनि प्राइसले बताए।
अमेरिका, अष्ट्रेलिया, जापान र भारतबीच भएको सुरक्षा सम्बन्धि संवाद खुला र स्वतन्त्र इण्डो प्यासिफिक कार्यक्रम बारे भएको पनि उनले बताए । इण्डो–प्यासिफिक कार्यक्रमलाई यी चार राष्ट्रले मुख्य प्राथमिकतामा राख्ने उनले बताएका छन् । यी चार राष्ट्रहरु इण्डो–प्यासिफक क्षेत्रमा सार्वभौमिकता, समृद्धी र सुरक्षा कायम गर्न अन्तर्राष्ट्रिय कानुन, मूल्य मान्यता प्रति प्रतिबद्ध रहने प्रवक्ता प्राइसले बताए।
