सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, ४० प्रतिशत नगद लाभांश पारित

इन्भेष्टोपेपर । कार्तिक १२, २०७८

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको एघारौ वार्षिक साधारण सभा कम्पनीको कार्यालय स्थित कमलपोखरी, काठमाडौंंमा सम्पन्न भएको छ । २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरी को कार्य समेत सकृय रुपमा संचालन गर्दै आम लगानी कर्ताहरुलाई सु्दृढ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ । 

साथै यस क्यापिटलले हाल सनराइज म्युचुअल फण्ड अन्तर्गत सनराइज फस्र्ट म्युुचुअल फण्ड तथा सनराइज ब्लुचिप फण्ड योजनाहरु संचालन गर्दै आईरहेकोे छ । सनराइज फस्र्ट म्युुचुअल फण्ड योजनाले आ.व. २०७७/०७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (कर सहित) प्रतिफल वितरण गरिसकेको छ । साथै निकट भविष्यमा यस कम्पनीले सनराइज फोकस्ड इक्विटि फण्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना संचालन गर्ने प्रक्रियामा रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *