मुख्यमन्त्री पाेखरेल बुलिङटारका विभिन्न कार्यक्रममा सहभागी

इन्भेष्टोपेपर । फागुन २६, २०७८

बुलिङटार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मंगलबार दिनभर नवलपुरको बुलिङटार गाउँपालिका बासिन्दाको गुनासो सुन्न व्यस्त रहे । कालीगण्डकीको किनारमा रहे पनि विकासमा निकै पछि परेको बुलिङटारमा कतिपय गाउँमा अहिले पनि बिजुली पुगेको छैन । खानेपानी र सिँचाइको पनि उस्तै समस्या छ । सदरमुकाम कावासोती पुग्न पनि निकै कष्ट झेल्नुपर्छ ।

मुख्यमन्त्री पोखरेल मंगलबार बुलिङटारका ५ वटा कार्यक्रममा सहभागी भए । बिहान विपी स्मृति भवन शिलान्यास गरेका उनी बुलिङटार गाउँपालिकामा ३ चन्टारमा आयोजित १४ औं राष्ट्रिपति रनिङ सिल्ड छनोप्रतियोगिता उद्घाटन, त्रिभुवन माविका संस्थापक दामोदर बस्ताकोटीको शालिक अनावरण, ११२ औं अन्तर्राष्ट्रिय महिला दिवशको संयुक्त कार्यक्रममा सहभागी भए । मुख्यमन्त्रीले बुलिङटार गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय पनि मंगलबारै उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार नवलपुरको पहाडी भेगको विकासका लागि प्रतिबद्ध रहेको भनाइ राखे । कालीगण्डकी करिडोरको निर्माण धमाधम भइरहेको र अब दक्षिणी भेग जोड्ने सडकको निर्माण पनि सुरु भइसकेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘विगतमा के भए छाडिदिनुस्, अब नवलपुरको पहाडी भेगमा विकासको मुल फुटेको छ, तपाईंहरु ढुक्क हुनुहोस ।’
बिजुली नपुगेका बुलिङटारका गाउँमा विद्युतीकरणका लागि ठेक्का लागिसकेको भन्दै उनले केही महिनामा सबै घरमा केन्द्रीय प्रशारणको बिजुली बल्ने ठोकुवा उनले गरे । कालीगण्डकीको पानी प्रयोग गरेर बुलिङटारको फाँटमा अब छिटै नै सिँचाइ सुविधा पु¥याइने उनले बताए ।

बुलिङटार मात्र नभइ नवलपुरको पहाडी भेगको भौतिक पूर्वाधार विकास र शैक्षिक, राजनीतिक एवं सामाजिक क्षेत्रमा दामोदर बस्ताकोटीको योगदान अतुलनीय रहेको भनाइ मुख्यमन्त्रीको थियो ।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा उनले नेपालको संविधानले महिला हकका बारेमा धेरै विषय उल्लेख गरे पनि अब ती प्रावधानलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकीका महासचिव विष्णुप्रसाद लामिछाने, कांग्रेस नवलपुरका नवनिर्वाचित सभापति महेन्द्रध्वज जिसी, प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतमले शुभकामना व्यक्त गरे ।

मुख्यमन्त्री पोखरेलले मंगलबार न बुलिङटार गाउँपालिकामा विपी स्मृति भवन शिलान्यास गरेका छन् । स्थानीय रुकादेवी गौतम परिवारले प्रदान गरेको ४ आना जग्गामा प्रदेश सरकारको लगानीमा उक्त भवन बन्न लागेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *