नेपाल वेयरहाउजिड्ग कम्पनी र नेपाल इन्फ्रास्टक्चर बैंकबीच शेयर लगानी सम्झौता
इन्भेष्टाेपेपर । वैशाख १६, २०७९
काठमाण्डाैँ । नेपाल वेयरहाउजिड्ग कम्पनी र नेपाल इन्फ्रास्टक्चर बैंकबीच शेयर लगानी सम्वन्धि सम्झौता सम्पन्न भ्एकाे छ ।
बिहिवार भएको सम्झौता बमोजिम नेपाल वेयरहाउजिड्ग कम्पनीकाे कूल जारि चुक्ता पुँजी रु ५५ करोड मध्ये नेपाल इन्फ्रास्टक्चर बैंकले यस कम्पनीमा रु ५ करोड बराबरको स्वपुँजी लगानी गर्ने छ । अन्य लगानीकर्ताहरुबाट बाकी हुन आउने रु ५० करोड जम्मा भए पश्चात आगामी आर्थिक वर्ष २०७९/८० मा सार्वजिनक निस्काशनबाट कूल पुजीको २०% मा हुन आउने रु १३.७५ करोड बराबरको प्राथमिक सार्वजनिक निस्काशनबाट लगानी जुटाईने छ ।
यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत रु १३९ करोड रहेकोमा सो लगानी मध्ये रु ९४ करोड ऋण र बाँकी स्वपुँजी बाट परिचालन गरिनेछ । यस कम्पनीको हालको पुँजी रु २३.३७ करोड रहेकोमा शेयरधनीहरुबाट समेत गरि जम्मा रु ५५ करोड जुटाईने छ ।
कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले बैज्ञानिक खाद्यान्न भण्डारण गृह, वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्रवाह हुने बाताबरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उदेश्य लिएको छ ।
साथै नेपाल इन्फ्रास्टक्चर बैंक लि बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अन्तर्गत पूर्वाधार विकास बैंकको रुपमा दर्ता भएको बैंकले पूर्वाधार विकासमा स्वपूँजी तथा ऋण लगानी गर्ने उदेश्य लिएको छ ।
यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेकोछ।
यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीन वटा महत्वपुर्ण स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ।
