इन्धनको मूल्यमा भारी बृद्धी : पेट्रोल प्रतिलिटर २१ र डिजेल २७ रूपैयाँ महँगाे
इन्भेष्टाेपेपर । असार ६, २०७९
काठमाडौं । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुनेगरि इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ।
आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको हो।
आइतबार राति १२ बजेदेखि लागू हुनेगरि मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन।
निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ रूपैयाँ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ।

