नबिल बैंक र कतार एयरवेजबीच सम्झौता
इन्भेष्टाेपेपर । असार ६, २०७९
काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ अर्थात हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट यही असार १७ गते देखी लागु हुनेछ ।
नबिल बैंकका प्रमुखकार्यकारी अधिकृत निल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एलइमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
यस साझेदरीअन्तर्गत विजनेस र इकाेनाेमी क्लासका हवाई टिकटमा उत्त १० प्रतिशत छुट लागू हुनेछ, र यसकालागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।
सन् १९८४ देखि समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको छन ।