देशमा सुशासन छैन भन्दा पनि हुन्छ : डा. शेखर कोईराला
इन्भेष्टाेपेपर । साउन १२, २०७९
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताउनु भयो । उहाँले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताउनु भयो ।
उहाँले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको बताउनु भयो । नेता कोईरालाले ज्नतासँग जोडिन कन्जुस्याईं गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने जिकिर गर्नुभयो ।
नेता कोईरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताउनु भयो । आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने बताउनु भयो ।
