लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षको शपथ ग्रहण

इन्भेष्टाेपेपर ।  साउन १२, २०७९

काठमाण्डाैँ । लुम्बिनी विकास बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको शिक्षा हासिल गरि स्ट्याडर्ड चार्टर्ड बैंक र माछापुच्छ्रे बैंकको उच्च ब्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा पुर्याउनु भए पश्चात विगत ४ बर्ष देखि लुम्बिनी विकास बैंकको सञ्चालक रहदै आउनु भएको छ ।

शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *