नबिल इन्भेष्टमेन्ट बैंकिंगले ३१ कम्पनीकाे NI 31 तयार गर्ने

इन्भेष्टाेपेपर ।  साउन १४, २०७९

काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भै कारोवार भैरहेका कम्पनीहरु मध्ये बिभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीहरुको अन्तिम मुल्यको आधारमा तयार गरिने NI 31 तयार गर्ने भएको छ ।

छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोवारको आधारमा तयार गरिने NI 31 दैनिकरुपमा कम्पनीको आधिकारीक वेवसाईड तथा सामाजिक सन्जालमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

यस्तो सेवाबाट आम लगानीकर्ताहरुलाई उल्लेखित कम्पनीहरुमा लगानीकालागि उचित निर्णय लिनअझ सहजहुने कम्पनीले जनाएको छ ।

नेपाल स्टक एक्चेन्जबाट तयार हुने नेप्से ईन्डेक्सभारित औषत पूँजीगत मुल्यका आधारमा तयार हुन्छ भने NI 31 नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण भई दैनिकरुपमा कारोवार भैरहेका हरेक सेक्टरका कम्पनीहरुमध्यबाट विविधीकरणका आधारमा विभिन्न ३१ वटा कम्पनि छनौट गरी अन्तिम मुल्यको आधारमा तयार हुने कम्पनीले जनाएको छ ।

यसरी NI 31 ले लगानीकर्ताहरुलाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मकअध्ययन गर्न, मूल्य सूचकको आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययनगर्न, नेप्से इन्डेक्सको भारित पूँजीगत औषतका कमिकमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनिको मूल्यमा हुने परिवर्तनबाट समग्र पुँजीबजारको अध्ययनगर्न समेत NI 31ले सहयोग पुर्याउने विश्वास कम्पनि लिएकोछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *