बिच्छीको विष कति महंगाे ! एक लिटरको मूल्य ‘एक करोड डलर’

इन्भेष्टाेपेपर ।  भाद्र ३, २०७९

दक्षिणपूर्वी टर्कीस्थित एउटा फारमको प्रयोगशालामा प्लास्टिकका हजारौँ बाकस थुपारिएको देख्न सकिन्छ। तिनमा विषालु बिच्छीहरू छन्।

प्रयोगशालाका कर्मचारीहरू ती बाकसबाट एक-एक गरेर बिच्छी निकाल्छन् र तिनले ओकलेको विष सङ्कलन गर्छन्। बिच्छीको विष निकै मूल्यवान् हुन्छ।

एउटा बिच्छीले झन्डै दुई मिलिग्राम विष निकाल्छ। ३००-४०० वटा बिच्छीबाट झण्डै एक ग्राम विष संकलन हुन्छ ।

बिच्छीबाट त्यसरी दैनिक दुई ग्राम विष सङ्कलन गरिने फारमका मालिक मेटिन ओरेन्लर बताउँछन्। उनकाे फार्ममा बिस हजार बिच्छीहरू रहेका छन् ।

यसरी संकलित विषलाइ चिसाेमा जानइन्छ र बेच्नुअघि धुलाे बनाइन्छ । बिच्छीको विष एन्टिबायाेटिक औषधि, दुखाइ कमगर्ने औषधि र शृङ्गारका सामग्री बनाउन प्रयोग हुन्छ।

ओरेन्लरका अनुसार एक लिटर विषको मूल्य एक करोड डलरजति पर्छ। यस्ताे विषलाइ यूराेपका बजारमा बेचिन्छ । (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *