बेलायती महारानी एलिजावेथको निधन, दश दिनको शोकपछि अन्त्यष्टि गरिने

इन्भेष्टाेपेपर ।  भाद्र २४, २०७९

लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाको बिहीबार राति ९६ वर्षको उमेरमा निधन भएको छ । केही समय यता बिरामी रहेकी महारानीको स्कटल्याण्डको बालमोरल दरबारमा निधन भएको हो । दश दिनजतिको राष्ट्रिय शोक र श्रद्धाञ्जली कार्यक्रमपछि एलिजावेथको अन्तिम संस्कार गरिने जनाएको छ ।

यो अवधिभर बेलायतमा संसद बैठकहरुदेखि कुनै पनि सभा सम्मेलन, औपचारिक समारोह, खेल प्रतियोगिता तथा मनोरञ्नका कार्यक्रम गरिने छैनन् । महारानी एलिजावेथका श्रीमान फिलिपको गत वर्ष अप्रिलमा निधन भएको थियो ।

महारानी एलिजावेथको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री बने । महारानीको शासनकालको पहिलो प्रधानमन्त्री विस्न्टन चर्चिल हुनुहुन्थ्यो भने अन्तिम प्रधानमन्त्री लिज ट्रस बन्नुभयो । महारानी एलिजावेथको निधन लगत्तै राजा बन्नुभएका चाल्र्सको औपचारिक गद्दी आरोहण कार्यक्रम भने शनिबार गरिने जनाइएको छ ।

सन् १९२६ को अप्रिल २१ जन्मनुभएकी एलिजावेथ सन् १९५२ बेलायतको महारानी बन्नुभएको थियो । उहाँ विश्वकै सबैभन्दा लामो शासन गर्ने राष्ट्रप्रमुख हुनुहुन्थ्यो । उहाँ ७० वर्ष सात महिना सत्तामा रहनु भयो ।

महारानी एलिजावेथको निधन लगत्तै राजकुमार चाल्र्स बेलायतको राजा बन्नुभएको छ । अब राजा चाल्र्स तृतीयको आदेश अनुसार महारानी एलिजावेथको शव बालमोरल दरबारबाट बकिघंम दरबारमा सारिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *