नमस्ते पेद्वारा चाडपर्वकाे अवसरमा बिभिन्न छुट याेजना
इन्भेष्टाेपेपर । भाद्र २९, २०७९
काठमाडौँ । नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी चाडपर्वकाे अवसरमा बिभिन्न छुट याेजना ल्याएको छ र यस अभियानमा ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् ।
यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले सतप्रतिशत क्यासव्याक प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै काराेवार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १००% क्यासब्याक पाउने मौका हुनेछ।
त्यसैगरी, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ । हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु १००० क्यासव्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् । दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले 100% क्यासब्याक पाउनेछन्।
त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १०% क्यासव्याक वा अधिकतम १० रुपैयासम्म पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ।
साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, वयापारीक भुक्तानीहरू, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न अफरहरू प्रदान गर्नेछ।
