मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई चिरायू नेशनल अस्पताल विशेष छुट
इन्भेष्टाेपेपर । माघ १९, २०७९
काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानका विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले चिरायू नेशनल अस्पतालका विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् । बैंकको यस सहकार्यबाट बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।
