नामकरणको खुसीयालीमा कोसी प्रदेशले दियो सार्वजनिक बिदा

न्भेष्टाेपेपर ।  फागुन १८, २०७९

काठमाडौं । दोस्रो कार्यकालमा प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले प्रदेश १ को कोसी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाइ घोषणा गरेको हो । हिजो भएको मतदानमा कोसी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।

प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नामकरण नेतृत्व गरेकोमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई धन्यवाद र बधाई दिनुभएको छ । सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, ‘आज प्रदेशले नाम पाएको छ, म माननीय मुख्यमन्त्री हिकमत कार्कीलाई धेरै धेरै बधाई सहित धन्यवाद भन्न चाहन्छु ।’

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *