राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल बीच सम्झौता

न्भेष्टाेपेपर । वैशाख ४, २०८०

काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पताल, बाँसवारीबीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता अस्पतालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई अस्पतालको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।

बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ८।६० प्रतिशत रहेको छ । सम्झौता अनुसार अस्पतालका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ । कार्यक्रममा अस्पतालकी कार्यकारी अध्यक्ष प्रा.डा.मधु दिक्षितको उपस्थिति रहेका थियो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, विभागीय प्रमुखहरु आनन्द सुवेदी र अच्युत गौतम, प्रबन्धक सरोज कोइराला, अस्पतालका तर्फबाट प्रशासन प्रमुख विद्याकर अधिकारी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सञ्चालनमा रहेका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *