कालजयी गीत “केही मीठो बात गर” को भिडियो सार्वजनिक

न्भेष्टाेपेपर । असार २९, २०८०

काठमाण्डौ : स्वरसम्राट नारायाण गोपाल गुरुवाचार्यको स्वर तथा संगितमा रहेको गीत “केही मीठो बात गर” को रेकर्ड भएको ३५ वर्ष पछि आधिकारीक म्युजिक भिडियो निर्माण गरिएको छ ।

बिहिबार जमलस्थित बिश्वज्योती सिनेमा हलमा एक कार्यक्रम बिच “केहि मिठो बात गर” भिडियो सार्वजनिक गरिएको हो । गीतकार कालीप्रसाद रिजालको शब्द रचना रहेको गीतलाई स्वरसम्राट नारायाण गोपालले २०४५ सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गर्नु भएको थियो ।

नारायण गोपाल संगित कोषसंगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो । गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ ।भिडियोमा चालिसको दशकको नेपालको परिवेशलाई समेटिएको छ ।

सुव्रत आचार्यको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन, कलर तथा भिएफक्स र उत्सव दाहालको सिनेमोटोग्राफी रहेको छ । भिडियोलाई म्युजिक नेपालले बजारमा ल्याइएको हो । ४० वर्ष लामो सांगितिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले पछिल्लो समय उत्पादन र बजार ब्यबस्थापन गरेका धेरै गीतहरु दर्शकको रोजाईमा परिरहेका छन । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *