नेपाल मर्चेण्ट बैंकर संघको अभिमुखिकरण कार्यक्रम सम्पन्न

न्भेष्टाेपेपर । साउन १९, २०८०

काठमाण्डाैँ । नेपाल मर्चेण्ट बैंकर्स संघ को संयोजकत्व र नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्ड संगको सहकार्यमा विहिवारका दिन होटल एम्वेस्डरमा ए एमएल/सिएफटी र गो ए एम एल एप्लिकेसन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतङकबादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना अनुसार धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्ण रुपमा लागू गराउन सूचक संस्थाहरुले गो ए एम एल (प्रोडक्सन इनभाइरोन्मेन्ट) मा यथाशीघ्र आवद्ध हुनुपर्ने प्रावधान बमोजिम सो सम्बन्धमा नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डका बिज्ञहरुबाट जानकारीमूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डमा दर्ता भई संचालनमा रहेका सबै मर्चेण्ट बैंकरहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नियामक निकायबाट उपस्थित हुनुभएका पदाधिकारीहरु तथा उपस्थित सम्पूण सहभागिहरुलाई नेपाल मर्चेण्ट बैंकर्स संघ को तर्फबाट अध्यक्ष श्री बिजय लाल श्रेष्ठज्यूबाट धन्यबाद ज्ञापन गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *