मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई रामनगर समुदायिक हस्पिटलमा विशेष छुट
इन्भेष्टाेपेपर । साउन ३१, २०८०
काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको “रामनगर समुदायिक हस्पिटल प्रा. लि.” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले रामनगर समुदायिक हस्पिटल को विभिन्न सेवाहरुमा विशेष २० % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
