नेपाल टेलिकमको पूर्वाधारमा क्षति

इन्भेष्टाेपेपर । साउन ३१, २०८०

काठमाण्डाैँ । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा एनसेलका प्राविधिकबाट क्षति पु¥याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको छ ।

नेपाल टेलिकमको टावर देखि २० मिटर नजिकै एनसेलको समेत टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पु¥याइएको थियो । सो सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकहरुले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकोमा गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल गरिएको थियो ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत लगायत दुवै पक्षका बीचमा भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहो¥याउने सहमति भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *