शङ्कास्पद कागजात पेस गर्ने चौध म्यानपावर कम्पनी निलम्बनमा

न्भेष्टाेपेपर । असाेज १७, २०८०

काठमाडौँ   ।  वैदेशिक रोजगार विभागले शङ्कास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न १४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी निलम्बनमा परेका छन् ।

विभागका अनुसार जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न भएको पाइएपछि ती म्यानपावरलाई निलम्बन गरिएको हो । 

निलम्बनमा पर्नेमा गुड लाइफ इन्टरनेसलन इप्लोइमेन्ट एजेन्सी प्रालि, सत्यावती ओभरसिज, डिएन इन्टरनेसनल नेपाल ओभरसिज, इप्लोइमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्रालि, जब्स ग्लोबल कम इप्लोइमेन्ट सर्भिसेज प्रालि, लायन्स इन्टरनेसनल नेपाल प्रालि रहेका छन् ।

यसै गरी भण्डारी ओभरसिज प्रालि, वल्र्ड फेभर ओभरसिज प्रालि, नाप इन्टरनेसनल प्रालि, मन्जुश्री ओभरसिज प्रालि, एएनएस एसोसिएट्स प्रालि, क्यापिटल इन्टरनेसनल म्यानपावर प्रालि, ग्रान्ड सुइट जब प्रालि र ओक्सन इन्टरनेसनल प्रालि (अभतार ह्युमन रिसोर्स प्रालि) पनि निलम्बनमा परेका छन् । 

यी सबै म्यानपावरले वैदेशिक रोजगारीमा श्रमिक पठाउन सरकारसँग अनुमति लिएका छन् । विभागमा केही म्यानपावर कम्पनीले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाएको उजुरी परेको थियो ।

विभागका प्रवक्ता कविराज उप्रेतीले उजुरीका आधारमा विभागले गरेको प्रारम्भिक अनुसन्धानमा यी १४ म्यानपावरको संलग्नता रहेको देखिएकाले त्यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *