आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबिच सम्झौता

न्भेष्टाेपेपर । असाेज २५ २०८०

काठमाण्डाैँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबिच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिव प्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजु भाई तथा दिदी बहिनीहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित धादिङ जिल्लामा नै नमूना नगरपालिकाको रुपमा रहेको छ ।

सोही अवसरमा प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले आफूले आफ्ना नगरवासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुको पशुपन्छी, बालिनालीको बीमा पश्चात बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *