आज बुधबार देशैभरको मौसम बदली

न्भेष्टाेपेपर । चैत्र ७, २०८०

काठमाण्डाैँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ।

आज बिहान कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा अहिले छिटपुटदेखि हल्का हिमपात भइरहेको छ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। 

दिउँसो कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानसहित बाँकी देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशकन पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। 

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *