मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

न्भेष्टाेपेपर । असार ९, २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना बिरुद्ध मुद्दा दर्ता गरेको छ । आईतवार विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जना बिरुद्ध मुद्दा दर्ता गरिएको हो ।

सार्वजनिक संस्थाको सम्पती हानी, नोक्शानी गरी भ्रष्टाचार गरेको मुद्दामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विशेष अदादलतका प्रवक्ता धनबहादुर कार्कीले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक रही हाल अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजश्व विभागका तत्कालीन उपमहानिर्देशक हाल भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालय लािजम्पाटमा तत्कालीन निर्देशक गणेशविक्रम शाही हुनुहुन्छ ।

यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन तत्कालीन खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल्स प्रा.लिका निर्देशक केशव शर्मा र यो कम्पनीलाई विपक्षी बनाएर १२ जना बिरुद्ध मुद्दा दर्ता भएको बताउनु भयो । जसमा बिगो ३८ करोड ६७ लाख १७ हजार ६४० कायम गरिएको बताउनु भयो ।

मुद्दा दर्ता भएसँगै मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा पर्नुभएकाे छ । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामती इतिहासमा यो सम्भवतः पहिलो घटना हो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *