मुखमा टेप टाँसेको विषयमा रास्वपा पदाधिकारी बैठकमा छलफल गरीने

न्भेष्टाेपेपर । असार १९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बुधबारको केन्द्रीय समिति बैठकमा मुखमा टेप टाँसेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  पदाधिकारी बैठकमा छलफल गर्ने भएको छ ।

रास्वपा नेताहरुका अनुसार ढकालले केन्द्रीय समिति बैठकमा आफूले समीक्षा प्रतिवेदन पेश गर्दा प्रत्यक्ष प्रशारण गर्नुपर्ने बताएका थिए । तर, बैठकका अधिकांश नेताहरुले प्रत्यक्ष प्रशारणप्रति असहमति जनाएपछि उनले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै मुखमा टेप टाँसेर बसेका छन् ।

त्यसपछि उनले तयार गरेको समीक्षा प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा पेश गरेका थिए । पार्टीका एक पदाधिकारीका अनुसार ढकालले बुधबारको बैठकमा देखाएको व्यवहार अस्वभाविक थियो ।

ढकालले समीक्षा प्रतिवेदनबारे सञ्चार माध्यममा सूचना दिएको भन्दै रास्वपाको अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ । तर, उनले अनुशासन आयोग महामन्त्री मातहतकै निकाय भएकाले स्पष्टीकरण सोध्न नसक्ने दाबी गर्दै आएका छन् ।

ढकालले एक महिना यात्रा गरेर समीक्षा प्रतिवेदन तयार गरेका छन् । उनले रास्वपा यही गतिमा जाने हो भने ०८४ मा राष्ट्रिय पार्टी पनि बन्न नसक्ने निश्कर्षसहितको प्रतिवेदन पेश गरेका थिए । बुधबार बोलाइएको केन्द्रीय समिति बैठक ढकालको प्रतिवेदनलाई छलफलको एजेण्डा बनाइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *