रिलायन्स स्पिनिङ मिल्सले निष्कासन गर्न लागेकाे आईपीओ स्थगन

न्भेष्टाेपेपर । असार २७, २०८१

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट साधारण शेयर निष्कासन (आईपीओ) का लागि दिइएको अनुमतिमा विवाद आएपछि नेपाल धितोपत्र बोर्डले तत्काललाई आईपीओ निष्कासन प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ । 

वित्तीय अवस्थाको उचित अध्ययन नगरी उक्त कम्पनीलाई उच्च मूल्यमा आईपीओ निष्कासन गर्न दिएको आरोप लागेपछि सार्वजनिक लेखा समितिले मंगलवार बोर्डसँग पाँचबुँदे स्पष्टीकरण सोधेको थियो । असार २६ गते बसेको बोर्ड सञ्चालक समिति बैठकले आईपीओ निष्कासन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हाे ।

नेपाल धितोपत्र बोर्डले असार १२ गते रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।

गत आवसम्म कम्पनीले प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा भएको वित्तिय विवरण सार्वजनिक गरेको थियो । आर्थिक वर्ष २०८०/८१ को चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरेपछि कम्पनीको प्रतिशेयर आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा झरेको छ । यसरी एक्कासी प्रतिशेयर आम्दानी घटेपछि विभिन्न काेणबाट टिकाटिप्पणी तथा आलाेचना भएकाे थियाे ।

लगानीकर्ताको छुट्टाछुट्टै समूहले धितोपत्र बोर्डमा यसबारे ज्ञापनपत्र पनि बुझाएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *