‘पूर्णबहादुरको सारङ्गी’ बन्याे सर्वाधिक कमाउने चलचित्रः दुई सातामा कमायाे २७ करोड ३५ लाख

न्भेष्टाेपेपर । मंसिर १, २०८१

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेकाे छ । यस चलचित्रले दुई सातामा २७ करोड ३५ लाखकाे व्यापार गर्न सफल भएकाे छ । घरेलु बक्सअफिसमा ‘पूर्णबहादुरको सारंगी’को कमाइ ३० करोड नजिक पुगेको छ । फिल्मले आज शनिबारसम्म उक्त आँकडा सजिलै पार गर्ने प्रक्षेपण गरिएको छ ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको १४ दिन बुधबारसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । जसअनुसार फिल्मको दुई साताको कमाइ २७ करोड ३५ लाख रुपैयाँ ग्रस छ । फिल्मले बुधबार मात्र १ करोड ९५ लाख रुपैयाँ ग्रस कमायो । मुलुकका ४५० भन्दा धेरै शोबाट विजय बराल स्टारर फिल्मले उक्त कमाइ गरेको हो ।

यस फिल्मले प्रदर्शनको १३ दिन मंगलबारसम्म देशब्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास रचेको थियो । यो फिल्मले ‘कबड्डी ४ः द फाइनल म्याच’ को २३ करोड ५० लाख रुपैयाँ ग्रस कमाइको रेकर्डलाई उछिन्दै नयाँ कीर्तिमान रचेको थियो ।

यसकाे साथै यो चलचित्रले एकै दिन तीन करोड ८९ लाख  रूपैयाँको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *