नेपाल लाइफ इन्स्योरेन्समा ३ जना संचालकहरु निर्वाचित

न्भेष्टाेपेपर ।  चैत ३, २०८१

काठमाण्डौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५आै वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न भयाे ।

निर्वाचनमा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र श्रीमती शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित हुनु भएको छ ।

साथै, निर्वाचन सम्पन्न भए पश्चात् बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली समेत गर्नु भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *