चलचित्र ‘अञ्जिला’ को मर्मस्पर्शी गीत ‘रात किन हुन्छ हजुर’ सार्वजिनक (भिडियाेसहित)

न्भेष्टाेपेपर ।  चैत ४, २०८१

काठमाडौँ ।  मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ को गीत ‘रात किन हुन्छ हजुर’ सार्वजनिक भएको छ । युट्युबमार्फत आइतबार  गीत सार्वजनिक गरिएको हो । गीतमा दुःख, पीडा र वेदनाका शब्द पोखिएका छन् ।

गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ । गीतमा थानेश्वरको सङ्गीत र प्रभा बर्तौलाको शब्द रहेको छ । 

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर चलचित्र निर्माण भएको हो । एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गर्नुभएको चलचित्रमा सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ । चलचित्र गत शुक्रबार देशव्यापी रूपमा प्रदर्शनमा आइसकेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *