वायु प्रदूषण मापनमा काठमाण्डाैँ पहिलो स्थानमा

न्भेष्टाेपेपर ।  चैत २७, २०८१

काठमाण्डाैँ । वायु प्रदूषण मापनमा आज पनि काठमाडौँ उपत्यका विश्वकै पहिलो स्थानमा छ।  

विश्वभरको वायुको गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’ले बुधबार बिहान सवा ६ गरेको मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा देखिएको हो। 

यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वको दोस्रो स्थानमा छ भने युगान्डाको कम्पला तेस्रो स्थानमा छ। 

इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १८४ छ। प्रदूषण मापन सूचकांकअनुसार वायुको यो अवस्था अस्वस्थकर हो। 

प्रदूषणमा दोस्रो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले १८० छ। त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको कम्पलाको एक्यूआई १५७ छ। 

चिकित्कसहरुले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताउँदै आएका छन्। 

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरुले बताएका छन्। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *