प्रति ताेला करीव २ लाख नजिक पुगेकाे सुनको भाउमा गिरावट

न्भेष्टाेपेपर ।  साउन  ८, २०८२

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । सुन आज तोलामा दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ  तोलाको एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ५० रुपैयाँ कायम भएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *