नेपालका १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी छानियो

न्भेष्टाेपेपर ।  साउन  ८, २०८२

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका १० ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी ‘हउलदार युनुस एन्ड कम्पनी’ छानिएको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले दोस्रो चरणमा उक्त कम्पनीलाई छानेको आशयपत्र जारी गरेको छ । 

परेका बोलकबोलमध्ये दोस्रो चरणमा पनि ‘हउलदार युनुस एन्ड कम्पनी’ छानिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बुधबार उक्त कम्पनी छानेको आशयपत्रको सूचना जारी गरेको छ । अब एक साताभित्र उक्त कम्पनीउपर उजुरी नआए सोही कम्पनीले १० वटा कम्पनीको लेखापरीक्षण गर्ने राष्ट्र बैंकको भनाइ छ ।

यससँगै उक्त कम्पनीले ६२ लाख ५४ हजार रुपैयाँ र दुई लाख ७१ हजार डलर (करिब तीन करोड ७१ लाख रुपैयाँ) भुक्तानी पाउनेछ । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सुझाव तथा सहयोगमा नेपालका ठूला १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न लागेको हो ।

सरकारले सन् २०२१ डिसेम्बर २२ मा आईएमएफसँग विस्तारित कर्जा सुविधा (इसिएफ) लिँदा १० ठूला वाणिज्य बैंकको स्वतन्त्र रूपमा लेखापरीक्षण गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको थियो । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *