जेनजी प्रदर्शनमा २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

न्भेष्टाेपेपर । आश्विन ७, २०८२

काठमाण्डौ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा छ । बागमतीमा १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।

कूल एक हजार तीन सय ४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार चार सय ७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । 

गएको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड लगायत घटना भएका थिए ।

प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बिमा दाबी भएको स्पष्ट पारेको छ । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *