हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय, अरू निर्णय के के भए ?
इन्भेष्टाेपेपर । चैत्र २२, २०८२
काठमाडौँ । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले गराएकाे जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू यसप्रकार छन् –
१) पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी र्कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयको समय बिहान ९ देखि ५ बजे बनाउने ।
२) डिजिटल नेपाल ट्रान्सफर्मेसन परियाेजना संचालनकाे लागि एसियाली विकास बैङ्क र विश्व बैङ्कले उपलब्ध गराउने ९० मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने ।
३) यसैगरी दिगाे र समावेसी वित्त परीयाेजनाकाे लागि विश्व बैङ्कबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।
४) राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गरेको छ ।
५) मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न कानुनी मान्यता दिने निर्णयसमेत गरेको छ ।
६) आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि लागु गर्ने निर्णय गरेकाे छ ।
