हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय, अरू निर्णय के के भए ?

इन्भेष्टाेपेपर ।  चैत्र २२, २०८२

काठमाडौँ  । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

सरकारका प्रवक्ता सस्मित पोखरेलले गराएकाे जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू यसप्रकार छन् –

१) पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण  २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी र्कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयको समय बिहान ९ देखि ५ बजे बनाउने ।

२) डिजिटल नेपाल ट्रान्सफर्मेसन परियाेजना संचालनकाे लागि एसियाली विकास बैङ्क र विश्व बैङ्कले उपलब्ध गराउने ९० मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने ।

३) यसैगरी दिगाे र समावेसी वित्त परीयाेजनाकाे लागि विश्व बैङ्कबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । 

४) राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गरेको छ ।  

५) मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न कानुनी मान्यता दिने निर्णयसमेत गरेको छ ।

६) आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि लागु गर्ने निर्णय गरेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *