सुनचाँदीको मूल्य घट्यो
इन्भेष्टाेपेपर । भाद्र ११, २०८३
काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई र चाँदीको मूल्य १० रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख २० हजार नौ सय र चाँदीको चार हजार ९६५ रुपियाँ कायम भएको जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार एक सय र चाँदीको मूल्य चार हजार ९७५ रुपियाँ कायम भएको थियो । (रासस)
