सुनचाँदीको मूल्य घट्यो
इन्भेष्टाेपेपर । भाद्र ३०, २०८३
काठमाडौँ । स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला नौ सय र चाँदी २० रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० रुपियाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६०० रुपियाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार छ सय २० रुपियाँ कायम भएको थियो ।
