सुनचाँदीको मूल्य घट्यो

इन्भेष्टाेपेपर । भाद्र ३०, २०८३

काठमाडौँ ।  स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला नौ सय र चाँदी २० रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० रुपियाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६०० रुपियाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार छ सय २० रुपियाँ कायम भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *