भृकुटीमण्डपमा १५ देशका स्टलहरू रहेकाे नेपाल बिल्डकन एक्पो २०१९ सुरु
Investopaper, माघ २६, २०७५
भृकुटीमण्डपमा नेपालको मिडिया स्पेस सोलुसन्स र भारतको फ्युचरेक्स ट्रेड एन्ड इभेन्ट्सले अायाेजना गरेको पाँचौँ बिल्डकन एक्पो २०१९ सुरु भएको छ । अाजकाे विश्वमा नयां नयां अाविष्कारहरू भैरहेका छन र पुरानाकाे ठांउमा नयां प्रविधिकाे विकास भएकाे छ । विश्वभर विकास भएका निर्माण तथा अन्य इक्विपमेन्ट सम्बन्धी जानकारी दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको आयोजकहरूले जानकारी दिएका छन ।
याे र यस्तै खाले प्रदर्शनीमार्फत देशमा प्रयोग भइरहेका निर्माण इक्विपमेन्टको स्तरोन्नति र अत्याधुनिक निर्माण सामग्रीको प्रबर्द्धन हुने तथा उपभाेक्ताहरूसम्म जानकारी पुग्ने अायाेजकहरूकाे विश्वास छ ।
प्रदर्शनीमा रहेका १ सय ४० वटा स्टलहरूमध्ये ५० प्रतिशत विदेशी कम्पनीहरूको रहेको छ । सो स्टलहरूमा १५ देशका ३ सयभन्दा बढी ब्रान्डको सहभागिता रहेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सले बताए । प्रदर्शनीमा टर्की, क्यानडा, बंगलादेश, कोरिया, ताइवान लगातयका देशका निर्माणसम्बन्धी सामग्री उपलब्ध रहेका छन् ।
पछिल्लो ४ वर्षदेखि निरन्तर आयोजना भइरहेको प्रदर्शनीबाट स्वदेशी निर्माण सामग्री उत्पादकहरूलाई फाइदा हुने आयोजकको भनाइ छ । यो वर्ष करिब ५० हजार मानिसले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा छ । प्रदर्शनीमा झ्याल–ढोकादेखि ब्लक र अन्य निर्माणका सामग्री उपलब्ध छन् ।
याे प्रदर्शनिमा राखिएका निर्माण रामाग्री र प्रविधि विशेष गरी भूकम्पपछिको पुनर्निर्माणलाई केन्द्रित गरिएको छ । घर–भवन निर्माणका लागि पूर्ण प्याकेज उपलब्ध रहेको आयोजको दाबी छ । यस्ता प्रदर्शनीले विदेशी ज्ञान र अनुभव प्राप्त हुने तथा स्थानीय सीप र ज्ञान बाहिर लैजान महत्वपूर्ण हुने आयोजकको भनाइ छ । साथै नयाँ प्रविधिलाई देशभित्र ल्याउन र लगानी वृद्धि गर्न पनि यस्तो प्रदर्शनी सहयोगी हुनेछ ।
