प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Investopaper, फागुन ०५, २०७५ ।
प्रभु बैंक लिमिटेड को वार्षिक साधारण सभा प्रयाेजनका लागि फागुन ६ गतेदेखि बुक क्लोज गर्दै छ । यसअनुसार आज सम्मका कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन्।
बैंकको माघ २५ गते बसेको संचालन समितिकको बैंठकले सत्रौं वार्षिक साधारण सभा फागुन १९ गते हुने निर्णय भएको छ । जसको साधारण सभा फागुन १९ गते दिउँसो १ बजे बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौमा हुने भएको छ ।
बैंकले गत आर्थिक वर्षको कमाइबाट लगानीकर्तालाई ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । वाेनस शेयर पश्च्यात बोनस पश्चात वैंककाे चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ ।
सभामा ८ प्रतिशत बोनस शेयर वितरणका साथै संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्नेछ। बैंकको साधारणसभाबाट संस्थापकको ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४५ कायम गर्ने प्रस्ताव बैंकले गरेको छ । हाल बैंकमा संस्थापकको ६१.३१ र सर्वसाधारणको ३८.६९ प्रतिशत शेयर स्वामित्व छ।
साथै बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा लैजादै छ ।
