नबिल बैंकले डाक्यो एजिएमः के के छन त एजिएमा पेश हुने एजेण्डा ?
Investopaper, फागुन ०६, २०७५
नबिल बैंकले ३४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारणसभा फागुन २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साढे ११ बजे हुने छ ।
यसअघिका वर्षहरुमा पहिलो त्रैमासमा नै साधारण सभा सम्पन्न गर्दै आएकोमा याे साधारण सभा भने तेस्रो त्रैमासमा धकेलिएको हो। लाभांस घोषणा गरेको तीन महिनापछि साधारणसभा हुन लागेकाे छ।
साधारण सभाका लागि बैंकले फागुन १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार फागुन १३ गतेसम्म कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् ।
के के छन त एजेण्डाहरूः
साधारण सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्नेछ । यस्तै संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको दश प्रतिशत शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि अनुमोदन गर्दैछ । बैंकले सो शेयर रुपान्तरण गर्न नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भैसकेको जनाएको छ ।
यसैगरी अन्य एजेण्डाहरुमा बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन तथा आवश्यक संसोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नाफा नोक्सानी हिसाबका साथै वित्तीय विवरण स्वीकृत गर्ने एजेण्डा रहेका छन् ।
