कृषि विकास बैंकको कर्जाको ब्याजदर घट्यो, निक्षेपको बढ्यो
Investopaper, फागुन ५, २०७५
कृषि विकास बैंक लिमिटेडले नयां व्याजदर निर्धारण गरेकाे छ । वैंकले जनाए अनुसार कर्जाको ब्याजदर घटाएको छ । बैंक सञ्चालक समितिको निर्णयानुसार फागुन १ गतेदेखि लागू हुने गरी कर्जाको ब्याज दर घटाएको हो ।
बैंकका अनुसार साविक कर्जाको ब्याजदरमा १ प्रतिशतले घटाएको छ । प्रकाशित सूचना अनुसार बेसरेटमा ०.५ प्रतिशत देखि ५ प्रतिशत सम्ममा कर्जाकाे व्याजदर ताेकिएकाे छ । कृषि विकास वैंककाे दाश्राे त्रयमासमा प्रकाशित बेसरेट ११.१५ प्रतिशत छ ।
त्यस्तै निक्षेपको ब्याजदरमा साविकको ब्याजदरमा १.५ प्रतिशत थप हुने गरी वृद्धि गरेको बैंकले जनाएको छ ।
वैंककाे व्याजदर हेर्नकाे लागी यहां क्लिक गर्नुहाेस ।
