हेलिकप्टर दुर्घटना : मन्त्री अधिकारी सहित सवै ७ जनाकाे दुखद निधन

Investopaper, फागुन १५, २०७५

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार सबैको ज्यान गएको छ । ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो ।

ताप्लेजुङको दारेभीरमा भएको दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी भएको अवस्थामा भेटिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री अधिकारी र पाइलट सहित ७ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन स्थलकाे निरिक्षणका लागि गएको थियो ।

काे काे थिए त हेलिकजप्टरमा ?

  • रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
  • आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
  • वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
  • अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसअाे
  • युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका उपसचिव
  • धुब्रदास वजिमय : इन्जिनियर नेपाल नागरिक उड्डयन प्राधिकरण
  • प्रभाकर केसी :  हेलिकप्टर क्याप्टेन
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *