युवालाई रोजगारी दिन कालिकोटमा श्रम बैंककाे शुरूवात

Investopaper, फाल्गुन २३, २०७५

श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्र नै रोजगारी दिने लक्ष्य राखेर श्रम बैंकको स्थापना, सबै वडाबाट बेरोजगार युवा समेटेर श्रम बैंककाे शुरवात ।

रास्कोट नगरपालिकाले बेरोजगार युवालाई रोजगारी दिन श्रम बैंक सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रममार्फत श्रम बैंकको सुरुवात गरिएको हो । युवालाई गाउँमै रोजगारी दिन श्रम बैंकको सुरुवात गरिएको मेयर काशीचन्द्र बरालले बताए ।

‘श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्र नै रोजगारी दिने लक्ष्य राखेर श्रम बैंकको स्थापना गरेका छौँ । यसैमार्फत युवालाई निर्माणमा खटाउँछौँ , उनले भने । नगरपालिकाभित्र कुनै पनि युवालाई बेरोजगार नराखिने उनको भनाइ छ ।

नगरका सबै वडाबाट बेरोजगार युवा समेटेर श्रम बैंक स्थापना गरिएको हो । जसमा १८ देखि ४९ वर्षसम्मका बेरोजगार महिला–पुरुष सदस्य रहेका छन् । पहिलो चरणमा दुई सय युवायुवतीलाई रोजगार दिइने मेयर बरालले बताए ।

उनीहरूको क्षमताअनुसार काममा लगाइने जनाएको छ । विशेष गरेर विकास निर्माणका काममा लगाइने जनाएको छ । कामअनुसार नै ज्याला पनि दिइने मेयर बरालले बताए । याे समाचार अाजकाे नयां पत्रिकामा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *