साना लगानीकर्तालार्इ हताेत्साही बनाएकाे प्यानकाे समस्या समाधान
Investopaper, फाल्गुन ३०, २०७५
नेपाल धितोपत्र बोर्डले ठुला कारोबारीको लागि आगामी बैशाख १ गतेदेखि स्थायी लेखा नम्बर प्यान अनिवार्य गर्ने भएको छ । यस अघि बोर्डले दोस्रो बजारमा कारोबार गर्ने सबै लगानीकर्ताको लागि स्थायी लेखा नम्वर (प्यान) अनिवार्य गर्ने निर्णय गरेको थियाे । साना लगानीकर्तालार्इ हताेत्साही बनाएकाे भनि चाैतर्फी बिराेध भएकाे थियाे ।
लगानीकर्ताको सुझाव र अर्थ मन्त्रालयको निर्णय बमोजिम ठुला कारोबारीलाई मात्र स्थायी लेखा नम्वर (प्यान) अनिवार्य गर्ने भएको हो । जस अनुसार आगामी बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबार गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गरिने भएको छ ।
५ लाखभन्दा भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहाेस नेपाल धिताेपत्र बाेर्डकाे विज्ञप्तीः

