यो शुक्रबार हुने च्याम्पियन्स लिग ड्रको बारेमा जान्नुहोस्
यो हप्ता युरोपको सबैभन्दा प्रतिष्ठित मानिने प्रतियोगिता च्याम्पियन्स लिगले धेरै फुटबल प्रेमीलाई अचम्मित बनायो। साबिकको बिजेता रियल म्याड्रिडले आफ्नै घरेलु मैदानमा नेदरल्याण्डको टप क्लब आयाक्स सँग ४-१ को हार बेहोर्नु पर्यो।
यसै गरि इंग्ल्याण्डको क्लब म्यान्चेस्टर युनाइटेडले फ्रान्सेली क्लब पिएसजी माथी कसैले नसोचेको नतिजा निकाल्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित पार्यो। युनाइटेडले दोस्रो लिगमा पहिलो लिगको २-० हारलाई उल्टयाउदै पिएसजी माथी ३-१ को जित हासिल गरेको थियो।
अर्को खेलमा इटालिको युभेन्टसले एटलेटिको म्याड्रिड सँग पहिलो लिगमा बेहोरेको २-० को हारलाई आफ्नो घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोको ३ गोलको मदतले उल्टयाउदै आफ्नो प्रशंसकहरुलाई हर्षित बनायो।
गए राति भएको खेलमा इंग्ल्याण्डको अर्को क्लब लिभरपुलले जर्मनी क्लब बायर्न म्युनिकलाई ३-१ गोल अन्तरले हरायो भने स्पेनिस जायन्ट बार्सिलोनाले लियोन माथी ५-१ गोलको फराकिलो जित हासिल गर्यो।
यसको साथै यस प्रतियोगितामा इंग्ल्याण्डको ४ वटै क्लब अन्तिम आठमा पुगेका छन्। ४ वटा इंग्लिस क्लब म्यान्चेसटर युनाइटेड, म्यान्चेसटर सिटी, टोटेन्हाम र लिभरपुलका साथै बार्सिलोना, युभेन्टस,पोर्तो अनि आयाक्स अन्तिम आठमा पुगेका छन्।
अब कुन टिमले कस्को सामना गर्छ भन्ने चाहि शुक्रबार थाहा हुने छ। अन्तिम आठको ड्रमा कुनै पनि प्रतिबन्ध र सुरक्षा नभएको कारण जुन टिम पनि एक अर्का संग भिड्ने अवस्था छ। यसले ड्रलाई अझै रोचक बनाएको छ।
शुक्रबार हुने ड्र भने स्विट्जरल्यान्डको न्योनमा हुने छ। यो नेपाली समय ४:४५ मा सुरु हुने छ। यो ड्र www.uefa.com मा लाइभ स्ट्रिम हुने छ भने फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पनि कभर गरिने छ। यसै गरी टिभिमा भने टेन स्पोस्टर्सले यस्को लाइभ ड्र देखाउने छ।
