चैत्र महिनाभित्र भर्नु पर्ने तीन कम्पनीका हकप्रद शेयरहरू भर्न छुटला है !

Investopaper, चैत्र ११, २०७५

चैत्र महिनाभित्र भरीसक्नु पर्ने विभिन्न चार वटा कम्पनीको हकप्रद शेयर निष्काशन भइरहेको छ । यदी हकप्रद शेयर भर्नु भएकाे छैन भने समयसीमा भित्र शेयर भरेर ढुक्क हुनुहाेस ।

१. उन्नति माइक्राेफाइनान्सः

उन्नती माइक्रोफाइनान्सको ५ बराबर १ को अनुपातमा २० प्रतिशत हकप्रद शेयर फागुन १३ गतेदेखि निष्काशन भएको छ । यस कम्पनीको हकप्रद भर्ने अन्तिम समय चैत १७ गतेसम्म मात्र रहेको छ । जसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

उक्त हकप्रद माघ १५ गतेसम्म कायम शेयरधनीले मात्र भर्न पाइनेछ । जसको बुकक्लोज माघ १६ गते भएको थियो ।

२. मेराे माइक्रोफाइनान्सः

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि १ बराबर १ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर फागुन १९ गतेदेखि चैत २४ गतेसम्म खुला रहेको छ ।

जसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । उक्त हकप्रद शेयर माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र भर्न पाइनेछ । यसको बुकक्लोज माघ २४ गते भएको थियो ।

३. नेपाल इन्स्योरेन्स कम्पनीः

नेपाल इन्स्योरेन्स कम्पनीको १ बराबर शून्य दशमलव ६५ को अनुपातमा ६५ प्रतिशत हकप्रद शेयर फागुन २१ गतेदेखि खुला गरिएको थियो । जसको भर्ने अन्तिम समय चैत २५ गतेसम्म रहेको छ ।

जसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । उक्त हकप्रद शेयर माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र भर्न पाइनेछ । माघ २७ गतेदेखि २९ गतेसम्म बुकक्लोज रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *