पूंजी बजार सुधारकाे लागी शेयर लगानीकर्ता दवाब समुहकाे दाेश्राे रिले अनशन
आइतबार धितोपत्र बोर्डमा शेयर लगानीकर्ता दबाब समुहले तालाबन्दी गरेका थियाे । सुरक्षाकर्मीले बल प्रयोग गरेर तालाबन्दी करिब ३ घण्टा पछि खुलाएको थियो ।
साेही दमनकाे विराेधमा सोमबार शेयर लगानीकर्ता दबाब समुहले नेप्से परिसरमा कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनशन सुरु गरेका छन् ।
पूँजी बजारको समस्या अध्ययन कार्यदलले बुझाएको ५८ बुँदा मध्ये धेरै बुँदा कार्यान्वयन नभएको तथा आफ्नो समूहले उठान गरेका ३२ बुँदे मागको कार्यान्वयनमा नियामक निकाय गैह्र जिम्मेवार बनेकाले आन्दोलन गर्नु परेको समूहले जनाएको छ ।
नेप्से परिसरमा दवाब समुहले धर्ना दिने कार्यक्रम सर्वजानिक भएपछि प्रहरी निरिक्षकको कमाण्डमा नेपाल प्रहरी नेप्से हातामा परिचालन भएको छ । नेपाल स्टस्क एक्चेन्जमा सेवाग्रही र सञ्चारकर्मीलाई भित्र छिर्न रोक लगाएको छ।

